विश्वभर कोरोनाको कहरः ३३ देशमा फैलियो, सबै नेपाली सुरक्षित



काठमाडौं : विश्वभर अहिले कोरोनाभाइरसको चर्चा चलेको छ । कोरोनाभाइरस रुघाखोकी लगाउने एउटा रोग हो। तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नामकरण गरिएको छ।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।

यसबाट बच्न साबुनपानीले हात धुने,भिडभाडमा जान कम गर्ने, घरबाहिर निस्कदा माक्सको नियमित प्रयोग गर्ने जस्ता कार्यहरु गर्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

कोरोनाभाइस काँचो मासु सेवन गर्दा, जनावरहरुको मुख र नाकबाट निस्केका भाइरस हामीले सास लिदा श्वासप्रश्वासको माध्यमबाट सर्छन् ।

विश्व स्वास्थ्य संगठनले यो भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको बताएको छ । भाइरसको प्रकोप चीनबाहेक विश्वभर ३३ वटा देशमा भेटिएको छ ।

कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भीर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तबाट फैलिएको थियो । चीतको हुवेईका झण्डै ६ करोड जनता क्वारेन्टाईनमा रहेका छन् ।

चीनमा १ अरब ४२ करोड जनसंख्या रहेको र हुवेईमा मात्र ६ करोड जनसंख्या रहेको र सोही प्रान्तलाई चीन सरकारले बिशेष निगरानीका साथ क्वारेन्टाईनमा राखेर बिरामीको उपचार गराईरहेको छ ।

फ्ब्रुअरी २४ सम्म चीनमा मात्र ७७ हजार २ सय ६२ जना संक्रमित भएका छन भने २ हजार ५ सय ९५ जनाको मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार जापान र कोरियामा धेरै नेपालीहरु रहेका र दुबै मुलुकका नेपाली दुतावासले जनाए अनुसार अहिले सम्म सबै नेपाली सुरक्षित रहेका छन् । चीनको हुवेईबाट फागुन ४ गते नेपाल ल्याईएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु पनि स्वस्थ रहेको जानकारी दिएका छन् ।

उनले सबै नागरिकलाई यात्राका क्रममा आफ्नो सुरक्षाका लागि मुखमा माक्स लगाउने, सकेसम्म हात नमिलाउने, १०० डिग्री भन्दा माथी ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा जचाउने, भिडमा हिड्डुल कम गर्ने र गर्नै परे १ मिटरको दुरी फरक पार्न सुझाव दिएका छन् ।

त्यसैगरी पछिल्लो समय कोभिड १९ बाट संक्रमित हुने अन्य मुलुकमा दक्षिण कोरिया र जापान अग्रस्थानमा रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

चीन बाहेक कोभिड १९ संक्रमण देखा परेका मुलुकहरु यसप्रकार रहेका छन्ः
अफगानिस्थानमा-१
अष्ट्रेलिया-२३
बेल्जियम-१
बराईन-१
क्याम्बोडिया-१
क्यानडा-१०
ईजिप्ट-१
फिनल्याण्ड-१
फ्रान्स-१२
जर्मनी-१६
भारत-३
इरान-६४
इराक-१
इजरायल-२
जापान-६९१
कुवेत-३
लेवनान-१
मलेसिया-२२
नेपाल-१
ओमान-२
द फिलिपिन-३
रसिया-२
सिंगापुर-८९
दक्षिण कोरिया-८३३
स्पेन-२
श्रीलंका-१
स्वीडेन-१
ताईवान-२८
थाईल्याण्ड-३५
युनाईटेड अरब इमरेट-१३
युनाईटेड किङडम-१३
युनाईटेड स्टेट-५३
भियतनाम-१६

प्रतिक्रिया दिनुहोस्