जीवनसाथी रोज्दै हुनुहुन्छ,यी कुरामा ध्यान दिनुस्



काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने र संसारका हरेक सुख भोग गर्ने आकांक्षामा रुमाल्लिई रहन्छ ।

जीवनसाथी रोज्ने क्रममा उनीहरुले सम्पन्नतामा विशेष ध्यान दिने युवा परामर्शदाता तथा सम्बन्धित विशेषज्ञहरूको भनाइ छ । परिपक्व तथा उमेर पुगेका कतिपय भने बौद्धिकतालाई यी सबै कुराको कसी मान्छन् ।

गाडी, बंगला, महँगा ग्याजेट, विदेश भ्रमण गराउन सक्ने जस्ता हैसियत भएका जीवनसाथी उनीहरूको पहिलो रोजाइमा पर्छन् । उनीहरू आफ्ना चाहना पूरा गर्ने पार्टनरको पक्षमा हुन्छन् । थोरै दूरदर्शीहरू मात्र बौद्धिक जीवनसाथी चाहन्छन् ।

वास्तवमा बौद्धिकतातर्फ आकषिर्त हुनुपर्ने हो किनभने बौद्धिक व्यक्तिले केही समय लगाए पनि ती सबै चीज हाँसिल गर्न सक्छ । पुरुषको तुलनामा महिलाहरू बढी संवेदनशील हुने भएकाले अभिभावकहरू पनि उनीहरूका बारेमा बढी चिन्ता गर्छन् । अभिभावकहरूले आफ्ना छोरीलाई सानैदेखि सही स्कुलिङ तथा सकारात्मक पारिवारिक वातावरणमा हुर्काउन सके यो ट्रेन्डमा विस्तारै परिवर्तन आउँछ ।

इमान्दार, सहयोगी, क्षमतावान, आफूलाई बुझ्न सक्ने र जीवनसाथी बन्ने क्षमता राख्ने लाइफ पार्टनर रोजौं । सम्पन्नतामा लोभिएर भविष्यमा नपछुताऔं । वास्तवमा म अहिलेसम्म अविवाहित बस्नुको कारण आफूले चाहेजस्तो नभएकाले पनि हो । लाहुरे परिवेश !

नजिक म पैसा र सम्पन्नतालाई मात्र प्राथमिकता दिने भए आज सम्भवत : यो स्थानमा हुदिनथें । करिअर ओरिएन्टेड व्यक्तिको हैसियतले म आफूसँग विचार मिल्ने, लैंगिकमैत्री, शिक्षित, समझदार तथा सहकार्य गर्न सक्ने जीवनसाथी चाहन्छु । मलाई थाहा छ बौद्धिकताबिनाको सम्पत्ति प्लास्टिकको फूलजस्तै कृत्रिम हुन्छ जसमा सुगन्ध हुँदैन । सम्पत्ति मात्र हेर्नेहरूको सम्बन्ध पछि गएर डिभोर्ससम्म पुगी जीवन बर्बाद भएको पनि देखिएको छ ।

अहिलेका युवतीहरू श्रीमान भन्दा पनि सहकर्मी जीवनसाथी चाहन्छन् । उनीहरूको आफ्नै सपना, आकांक्षा, महत्वाकांक्षा र करिअर छ । उनीहरू उचाइमा पुग्न हातेमालो चाहन्छन् । त्यसो त बौद्धिक भएर पनि त्यसको उपयोग नगरेका थुप्रै व्यक्ति नभएका होइनन् तसर्थ बौद्धिकतासँगै स्मार्टनेस पनि चाहिन्छ ।

अहिलेको जमानामा स्मार्ट, प्रिजेन्टेवल र कन्फिडेन्ट युवा पहिलो रोजाइमा पर्छन् । यी कुराले सम्पत्ति कमाउन सकिन्छ र त्यसको सदुपयोग पनि गर्न सकिन्छ । जीवनमा कसैको साथ सबैका लागि आवश्यक छ जसको चयनमा हामी जस्ता युवाले विशेष सजगता अपनाउनुपर्छ ।

टिनएजर्सहरू स्टाइलिस्ट बाइक, महँगा ग्याजेट, कार, बंगला आदि भौतिक वस्तुप्रति आकर्षित हुन्छन् । मलाई पनि आफू टिनएजर्स हुँदा त्यस्ता वस्तु कुल लाग्थे । अहिले मलाई त्यस्ता भौतिक वस्तुहरू क्षणिक हुन्छन् भन्ने लाग्छ । अविवाहित युवतीका हैसियतले मलाई माया गर्ने, बौद्धिक, समझदार, प्रिजेन्टेबल, इम्प्रेसिभ, कम्फर्टेबल, आफूसँग विचार मिल्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने जीवनसाथी होस् भन्ने लाग्छ, बरु गुड लुकिङ नभए पनि हुन्छ तर स्मार्टनेस र बौद्धिकता प्राथमिकतामा पर्छ ।

विगत ९ वर्षदेखि युवाका फरक-फरक क्षेत्रमा काम गरेको अनुभवका आधारमा म के भन्छु भने वैवाहिक मामलामा अहिले युवाहरू स्वयंको भन्दा अभिभावकको निर्णयले बढी काम गर्छ । मैले आफ्ना सहपाठीसँगको अफेयर टुक्र्याएर आमाबाबुको निर्णयमा विदेश बसेर आउने केटासँग विवाह गरेको पनि देखेकी छु ।

युथ इनिसियटिभमा अध्यक्षका रूपमा करिब ३ वर्ष काम गर्दा मैले त्यस्ता धेरै घटना देखेकी छु जसमा वैवाहिक विषय आमाबुबाको निर्णयमा निर्भर रहन्छ तर विवाह भनेको नितान्त व्यक्तिगत निर्णयमा हुनुपर्ने हो ।

मेरो सर्कलमा खान-लाउन सक्ने, आफूलाई सहज हुने तथा आफ्नो कामलाई बुझेर आवश्यक स्वतन्त्रता दिन सक्ने जीवनसाथीको चाहना राख्नेहरू धेरै छन् । थोरै मात्र पैसा भएका व्यक्तिसँग विवाह गर्न चाहन्छन् ताकि उनीहरू कामै नगरी सुखमय जीवन बिताउन सकून् ।

अहिलेका कतिपय युवाहरू चाहि लभ अफेयर कलेजका साथीसँग भए पनि कालान्तरमा वेल स्टाब्लिस्ट व्यक्तिसँग विवाह गर्न चाहन्छन् । यद्यपि जीवनसाथी रोज्दा सम्पन्नता होइन सहजताका साथै स्वतन्त्रता र क्षमतामा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्