ईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा ललितपुर र पोखरा भिड्ने



काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। उद्घाटन खेलमा ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।

उद्घाटन खेल चैत १ गतेदेखि टियु क्रिकेट मैदानमा हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । तर, लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ ।

सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको लागि क्वालिफायर खेल खेल्ने छ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

खेल तालिका :

प्रतिक्रिया दिनुहोस्