युएईलाई वेष्टर्न रिजनको उपाधि



काठमाडौं : एसीसी वेष्टर्न रिजन टी–ट्वान्टी क्रिकेटको उपाधि युएईले जितेको छ ।
ओमानको अल अम्रेट मैदानमा आज भएको फाइनलमा कुवेतलाई १ सय २० रन ले पराजित गर्दै युएईले उपाधि जितेको हो।

युएईले दिएको २ सय रनको लक्ष्य पछयाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो । सअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

उपाधिसँगै युएई एसिया कप छनोटका लागि समेत छनोट भएको छ । उपविजेता बनेको कुवेत पनि एसिया कप छनोटमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्