पल र रेश्माको ‘डोली सजाइ’ सार्वजनिक



काठमाडौं : नेपाली युवापुस्ता माझ चर्चित रहेका सर्बाधिक सफल गायक सुगम पोखरेलको “डोली सजाइ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगमलाई गायिका दुर्गा खरेलले साथ दिएकी छिन् ।

शिव बि.कको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा पल शाह, रेश्मा घिमिरे र केशव सापकोटा फिचर्ड छन् ।

अर्जुन तिवारी टिमको छायांकन ,अर्जुन जिसीको सम्पादन्,साजन शाहको मिक्सिङ रहेको गीतमा सहनाइ तर्फ समिर जैरु,गितारमा सन्जीव बराइलि,कलरिस्टमा रेनिश फागो , रेकर्डिस्टमा नरेष बिबिसी र मेकुपमा सक्षम पुडासैनी र बिमला तामाङ रहेक छन् ।

एप्लस रेकर्डिङ स्टुडिओमा रेकर्ड भएको गीतलाई भवसागर इन्टरटैन्मेन्टले बजार बेवस्थापान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्