काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
थाइल्याण्डमा रहेको नेपाली टोलीले आज अन्तिम तयारी स्वरूप अभ्यास गरिरहेका छन्।
प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । नेपाली क्रिकेट टोली हिजो थाइल्याण्ड प्रस्थान गरेको हो।