सुरक्षित गर्भपतन सेवा सम्बन्धी गोष्ठी सम्पन्न



काठमाडौं : आइपास र एफडब्लूएडीको सहकार्यमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी तीन दिने गोष्ठी सम्पन्न भएको छ ।

सो गोष्ठीका सहभागिहरूलाई सुरक्षित गर्भपतन सेवाको कानूनी पाटो, असुरक्षित गर्भपतनको नेपालको अवस्था र उक्त विषयका वकालत कसरी गर्ने भन्नेबरेमा तलिम पनि दिइएको थियो ।

गोष्ठीमा अधिवक्ता नविनकुमार श्रेष्ठले प्रजनन स्वास्थ्य अधिकारको कानूनी पाटोको बारेमा जानकारी गराएका थिए । सधै उनले एफडब्लूएडीको कामहरू विषयमा पनि चर्चा गरे ।

त्यसैगरी आइपासकी नीति सल्लाकार माधवी वर्जचार्यले असुरक्षित गर्भपतनबाट हुने मृत्युदर कम गर्न सकिने बताईन् ।

विश्वमा वार्षिक २ करोड ५० लख महिलाले असुरक्षित गर्भपतन गरउने गरेको तथ्यांक रहेको छ । प्रतिवर्ष ४४ हजार महिलाहरूको असुरक्षित गर्भपतनका करण मृत्यु हुने गरेको छ ।

त्यसैगरी नेपालमा करिब ३ लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् जसमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।

नेपालमा प्रति घण्टा २१ महिला वा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेका छन् । प्रति दिन ५ सय २०, प्रति महिना १५ हजार ५ सय १२ र प्रति वर्ष १ लाख ८६ हजार १ सय ४४ महिला वा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको २०१४ को क्रिपाको तथ्यांक रहेको छ ।

उक्त गोष्ठीमा कानून व्यवसाही, अधिवक्ता, सेवा प्रदायक, विद्यार्थी र प्रत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्