प्रादेशिक अस्पताल जनकपुरमा प्रसुती गराउने महिलाको संख्या बढ्यो



जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा प्रसुती गराउने महिलाको संख्या बढेको छ ।

यस आर्थिक वर्षको ७ महिनामा प्रादेशिक अस्पताल जनकपुरबाट ६ हजार ७ सय ६८ जनाले प्रसुती गराएका छन् ।

जसमध्ये साउन महिनामा सामान्य तरिकाले ५ हजार २ सय ९७ जनाको,जटिल तरिकाले २ सय ९५ जनाको र शैल्यक्रिया मार्फत १ हजार १ सय ७६ जनाको प्रसुती गरिएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल रेकर्ड अधिकृत सत्य नारायण यादवले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउन महिनामा ८ सय २९ जनाको सामान्य,६४ जनाको जटिल र १ सय ४८ जनाको शैल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४१ जनाको प्रसुती गरिएको बताए । त्यस्तै भदौ महिनामा ८ सय ४३ जनाले सामान्य,३८ जनाले जटिल र १ सय ७० जनाले शैल्यक्रिया मार्फत गरि १ हजार ५१ जनाले प्रसुती गराएका छन् । असोज महिनामा ७ सय ७ जनाले सामान्य,५२ जनाले जटिल र १ सय ४५ जनाले शैल्यक्रिया मार्फत गरि ९ सय ४ जनाले प्रसुती गराएको तथ्यांकले देखाएको छ ।

कार्तिक महिनामा ७ सय ३६ जनाको सामान्य,५६ जनाको जटिल र १ सय ८६ जनाको शैल्यक्रिया मार्फत गरि ९ सय ७८ जनाले बच्चा जन्माएका छन् भने मंसिर महिनामा ७ सय ८५ जनाको सामान्य,५१ जनाको जटिल र १ सय ६८ जनाको शैल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४ जनाले प्रसुती गरिएको छ ।

पुस महिनामा ७ सय ४३ जनाले सामान्य,१८ जनाले जटिल र शैल्यक्रिया मार्फत १ सय ७४ जनाले गरि ९ सय ३५ जनाको प्रसुती गरिएको छ भने माघ महिनामा ६ सय ५४ जनाले सामान्य,१६ जनाले जटिल र १ सय ८५ जनाले शैल्यक्रिया मार्फत गरि ८ सय ५५ जनाको प्रसुती गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरको तथ्यांकलाई हेर्ने हो भने यस अस्पतालबाट अब प्रसुती गराउने महिलाको संख्या ह्वात्तै बढेको छ ।

अस्पतालमा सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि. क्षयरोगको नियमित रुपमा उपचार गरिरहेको मेडिकल रेकर्ड अधिकृत यादवले जानकारी दिए ।

रगत जाँच, कलेजोको कामको जाँच, बोसोको जाँच, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा, उच्चस्तरिय जीन एक्सपर्ट उपकरणद्धारा क्षयरोगको नियमित रुपमा परिक्षण गर्दे आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालबाट विभिन्न किसिमका निरोधात्मक सेवाहरु पनि प्रदान भइरहेको छ । जसमध्येपरिवार नियोजन, खोप, स्वास्थ्य शिक्षा, गर्भवती जाँच, एच.आई.भि.जाँच, उपचार तथा परामर्श मुख्य पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्