कंगनाका कारण झण्डै बर्बाद भएको थियो काजल र अजयको सम्बन्ध



एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रणावत । उनको लबअफयेरका किस्साहरु धेरै नै रहेका छन् । सन् २०१० मा आएको फिल्म वन्स अपन अ टाइम इन मुम्बई मा उनी र अजय देवगन नजिकिन पुगेका थिए ।

उक्त फिल्मको सुटिङ एकतर्फ चलिरहेको थियो भने अर्कोतर्फ अजय र कंगनाको लब अफेयरले चर्चा पाइसकेको थियो । उनीहरु सुटिङ सेटमा सँगै आउने गर्थे भने भ्यानिटी भ्यानमा पनि घण्टौँ समय बिताउने गर्थे ।

उनीहरुको यो सम्बन्धबारे जब काजलले थाहा पाइन् तब उनले अजयलाई धम्की दिन बाध्य भएकी थिइन् । काजलले कंगनासँग काम गर्न बन्द नगरे छोराछोरीका साथ घर छोड्ने धम्की दिन बाध्य भएकी थिइन् ।

अजयले पनि आफ्नो जिम्मेवारी महसुस गरे र कंगनासँगको सम्बन्ध तोड्ने निर्णय लिए । तर, कंगना पनि कडा स्वभावकी थिइन् । उनले सजिलै अजयलाई नछोड्ने कसम खाइन् । मिडिया रिपोर्टका अनुसार उनले अजयलाई धम्की दिन सुरु गरेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार उनले आफ्नो हातको नसा काट्ने धम्की अजयलाई दिएकी थिइन् । तर, अजयको मन पग्लिएन । उनले कंगनालाई फर्केर पनि हेरेनन् । उक्त घटनापछि अजय पनि कंगनादेखि परपर हुँदै गए र परिवार सम्हाल्न थाले ।

प्रतिक्रिया दिनुहोस्