गायक सिवाकोटीले कसलाई भन्दै छन् ‘भन्देउ मायाले’



काठमाडौं : गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डीपी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको चितवनको लोकप्रिय समूह हो एक कार्यक्रमको सिलसिलामा निर्देशक प्रहिल कार्की चितवन जादा उनीहरुको प्रस्तुतीबाट प्रभावित भै उनीहरुलाई काठमाडौं बोलाई म्युजिक भिडियोमा अवसर दिएका हुन् । लामो समयदेखि प्रवासमा रहेर नेपाली गीतसंगीतमा निरन्तर रुपमा अगाडी बढिरहेका यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

यसअघि करिब दुइ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ,‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायक सिवाकोटीको देश तथा विदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्