सुनिल ग्रोवर ‘द कपिल शर्मा सो’ मा फर्किंदै



एजेन्सी : कमेडियन सुनिल ग्रोवर ‘द कपिल शर्मा सो’ मा फर्किने भएका छन् । यसअघिको सिजनमा यो सो अचानक बन्द भएको थियो । यो सो बन्द हुनुमा यसका मुख्य सञ्चालक कपिल शर्मा र सुनील ग्रोवरबीच एक वर्षअघि अस्ट्रेलियाबाट फर्किदा जहाजमा भएको झगडालाई कारण बताइएको थियो ।

 

झगडा परेपछि सुनीलले सो छोडेका थिए । लामो समय यी दुई कलाकारबीच बोलचाल पनि भएको थिएन । विवाद यति धेरै चर्कियो कि त्यसले कपिलको करियरमै धक्का पुग्यो । त्यहाँबाट उठ्न कपिललाई धेरै मेहनत गर्नुपरेको थियो । त्यो समयमा कपिललाई उनका सहकर्मीले छोडिसकेका थिए । उनको फिल्म पनि फ्लप भयो, जसले गर्दा उनी डिप्रेसनग्रस्त पनि भएका थिए ।

 

सुनिलले कपिलसँग छुट्टिएपछि टेलिभिजन सो ‘कानपुरवाले खुरनाज’ सुरु गरेका थिए । तर दर्शकले उक्त सो रुचाएनन् त्यसैले बन्द भयो । अहिले सुनिल पनि फुर्सदमा छन् । सुनिल कपिलको सोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किन लागेका हुन् । कपिल शर्मा सोको दोस्रो सिजन सलमान खानले नै निर्माण गरेका छन् ।

 

भारतीय मिडियाका अनुसार सुनिलले छिट्टै ‘कपिल शर्मा सो’ मा सहभागिता जनाउनेछन् । यस सोमा अहिले कृष्णा, भारतीलगायतका कलाकार छन् ।

प्रतिक्रिया दिनुहोस्