‘बाँचपुरे कान्छा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : नेपाली लोक दोहोरी कौरा गीत “ बाँचपुरे कान्छा “को भिडियो गीत सार्वजनिक भएको छ ।

मौलिक लोक दोहोरी गीत संगीतको उर्वर भुमी मानिने स्याङ्गजा आसपासमा सर्वाधिक लोकप्रिय कौरा गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायक हेमन्त गुरुङ र गायिका सिता थापाको आवाज रहेको छ । सामाजिक परम्परा र सस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको संस्कार र संस्कृतिसमेटिएको छ ।

गायक हेमन्त गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा शुशिल डाँगीको छायाँकन तथा सम्पादन अर्जुन थापाको निर्देशन रहेको छ । गीतको भिडियोमा निर आले र स्मृती मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्