चलचित्र ‘सेन्टी भाइरस’ हिट कि फ्लप ?



काठमाडौं : आइतबार चलचित्र ‘सेन्टी भाइरस’ निर्माण टिमले काठमाडौंमा पत्रकार सम्मेलन गरि शनिबार सम्मको व्यापार सार्वजनिक गरेका छन् ।

सिताराम कट्टेल ‘धुर्मुस’ले लगानी सुरक्षित भएको जानकारी समेत दिएका छन् । ‘सेन्टी भाइरस’ले प्रदर्शनको पहिलो हप्ता राम्रो कमाई गरेको छ र यो चलचित्रबाट हुने नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा जानेछ ।

वितरकको रिपोर्ट अनुसार, फिल्मको ९ दिने कमाई ४ करोड माथि छ । वितरक गोविन्द शाहीले चलचित्रको ९ दिन सम्मको कमाई देशभरमा ४ करोड ८ लाख ग्रस रहेको जानकारी दिए । यसमा राजधानीको २ करोड १० लाख ३ हजार र मोफसलको १ करोड ९० लाख ५ हजार रहेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाल लगायत कलाकाहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्