अक्षय, अजय र रणवीर एउटै फिल्ममा, यस्तो छ ‘सुर्यवंशी’ को ट्रेलर



काठमाडौं : बलिउडको प्रतिक्षित फिल्म ‘सुर्यवंशी’ मा एकसाथ अक्षय कुमार, अजय देवगन र रणवीर सिंह देखिएका छन् ।

सोमबार रिलीज भएको ट्रेलरमा तीनै जना अभिनेताको दमदार प्रस्तुती देख्न सकिन्छ ।

निकै मसलेदार ४ मिनेट लामो ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ ।

ट्रेलरको मुख्य आकर्षण नायक अक्षय कुमार रहेका छन् भने अजय देवगण र रणवीर सिंहलाई पनि ट्रेलरमा स्थान दिइएको छ । चलचित्रकी नायिका कट्रिना कैफलाई पनि ट्रेलरमा देखाइएको छ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले मुम्बईमा भएको आतकंवादी हमला र एक प्रहरी अफिसरको ड्युटीलाई प्रस्तुत गरेको छ ।

‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेको चलचित्रमा ‘धर्मा प्रोडक्सन’ र ‘क्याप अफ गुड फिल्मस्’ले पनि निर्माणमा सहकार्य गरेका छन् ।

चलचित्रले रिलिज मिति मार्च २४ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्