चीनबाट फर्किएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि



काठमाडौं : चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नै स्वास्थ रहेको पुष्टि भएको हो ।

उनीहरुलाई १४ दिनसम्म भक्तपुर, खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिनपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्