तापसी पन्नुको फिल्म ‘थप्पड’ को तीन दिनको कमाई कति ?



एजेन्सी : बलिउड अभिनेत्री तापसी पन्नु अभिनित फिल्म ‘थप्पड’ ले रिलीज भएको तेस्रो दिन राम्रो कलेक्शन गरेको छ । यसका साथै फिल्मको कमाइ मात्रै होइन दर्शकको प्रशंसा पनि बटुलिरहेको छ ।

अनुभव सिन्हाको निर्देशन रहेको यो फिल्मको कलेक्शन आइतबार ६.५४ करोड, शुक्रबार ३.०७ करोड र शनिबार ५.०५ करोड को कलेक्शन गरेको थियो । यसरी तीन दिनमा १४.६६ करोड कलेक्शन गरेको छ ।

‘थप्पड’ को पटकथा निर्देशक सिन्हाले नै लेखेका हुन् । फिल्ममा तापसी बाहेक पवेल गुलाटी, दीया मिर्जा, कुमुद मिश्रा, रत्ना पाठक र तन्वी आजमी जस्ता कलाकारहरुको भूमिका रहेको छ ।

यो फिल्म सामाजिक कथाबस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्