क्यान्सरपीडितको साहारा बन्दै स्वेता खड्का



काठमाडौं : अभिनेत्री स्वेता खड्काले स्वर्गीय श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल बनाउँदै छिन् ।

अभिनेत्री खड्काले विभिन्न व्यक्तिहरुले संयुक्त लगानीमा गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी हुन् ।

क्यान्सरकै कारण पति र श्रीमान गुमाउँनुपरेको तितो अनुभव सुनाउँदै खड्काले अस्पलातको शिलान्यास गर्न पाउँदा गर्व लागेको बताइन् ।

विगत ५ वर्षदेखि अस्पताल बनाउने सपना देखेकी खड्काले जीवनसाथी श्रीकृष्णले क्यान्सरका कारण भोगेको पीडालाई सम्झिएर कुनै पनि क्यान्सरपीडितले पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले अस्पताल खोल्न लागको बताइन् ।

प्रतिक्रिया दिनुहोस्