‘प्रेम गीत ३’ को टिजर सार्वजनिक



काठमाडौं : चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत ३’को टिजर सार्वजनिक भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार चलचित्रमा दुई सय बर्ष अगाडिको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । हिमाली भेगमा छायांकन गरिएको यस चलचित्रको टिजरमा प्रेमसंगै द्वन्द पनि रहेको छ ।

यस पिरियड ड्रामा चलचित्रमामा प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा , प्रेम पुरी, लक्ष्मी बर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङले प्रेम र गीतको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्