बलात्कारको आरोपमा पक्राउ परे नेकपा सांसद



धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल रहेका छन् ।

बुधबार उनीमाथि धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरीमा उक्त महिलाले उजुरी दिएकी थिइन् । महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्