दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ भूकम्प गएको हो ।

साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

प्रतिक्रिया दिनुहोस्