यौनहिंसा आरोपित पूर्वडिएसपी खिउजू पक्राउ



काठमाडौं : यौनहिंसाको आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् ।

खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार बेलुकी ५ बजे भक्तपुरबाट पक्राउ गरेको हो ।

ललितपुरकै एक युवतीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहेका बेला पूर्वडिएसपी खिउजूले ती युवतीलाई बलात्कार गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्