२७ वर्षपछि अनिल र माधुरीको जोडी



एजेन्सी : बलिउडका चर्चित जोडीमध्ये अनिल कपुर र माधुरी दीक्षितको जोडी पनि पर्छ । यही जोडी २७ वर्षपछि एकसाथ पर्दामा आउने भएको छ ।  उनीहरुले अभिनय गरेको फिल्म ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ ।

 

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एकअर्काको प्रशंसा गरेका थिए । यस कार्यक्रममा अनिलले भने, ‘माधुरीसँग फेरि जोडिँदा मलाई व्यावसायिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि जोडिएको महसुस भइरहेको छ । हामी बिचको केमेस्ट्री निकै गज्जबको छ ।’

 

यस्तै माधुरीले पनि अनिलको कामको प्रशंसा गरिन् । उनले भनिन्, ‘अनिल कपुर सधैं नै उस्तै छन् । उनी कहिले पनि बदलिँदैनन् । म उनीसँग काम गर्न पाउँदा एकदमै उत्साहित छु ।’ इन्द्र कुमारको कमेडी कथामा निर्माण भएको यस फिल्ममा अजय देवगन, अर्सद वार्सी, रितेश देशमुख, जाफेद जफारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

अनिल र माधुरीका सफल फिल्महरुमा ‘तेजाब’, ‘राम लखन’, ‘परिन्दा’, ‘कल’, ‘बेटा’, ‘खेल’, ‘जिन्दगी एक जुवा’, ‘प्रतिकार’, ‘जमाइ राजा’, ‘हिफाजत’, ‘राजकुमार’, ‘जीवन एक संघर्ष’, ‘लज्जा’ लगायत छन् । 

प्रतिक्रिया दिनुहोस्