छात्रावासमा आगलागी



इलाम : इलामको फाकफोकथुम गाउँपालिका-६ फुस्रेको तीनजुरे बोर्डिङ स्कूलको छात्रावासमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।

गए राति भएको आगलागीमा घर, घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, २ टेलिभिजन, ४ ल्यापटप, २ कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा २५ लाख बढीको क्षति भएको हो ।

काठ र टिनबाट निर्माण गरिएको दुई तले छात्राबासमा बिद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । एकतप्पा प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा २ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्