ओस्कारको मनोनयन सार्वजनिक, रोमा सर्वाधिक १० विधामा  



एजेन्सी : ओस्कारको ९१औं संस्करणका लागि गरिएको मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसर मेक्सिकोको सिनेमा ‘रोमा’ सर्वाधिक १० विधामा मनोनीत भएको छ । ओस्कार वितरण समारोह बिहीबार हलिउडको डल्बी थिएटरमा हुने भएको छ ।

सार्वजनिक भएको सूचीअनुसार बेस्ट पिक्चर विधामा ब्ल्याक क्लान्सम्यान, ब्ल्याक प्यान्थर, बोइम्यान र्याप्सोडी, द फेभरेट, ग्रिन बुक, रोमा, अ स्टार इज वन र भाइस मनोनयमा परेका छन् । वेस्ट डाइरेक्टरमा अलफान्सो कउरोन (रोमा), योर्गोस ल्यान्थोमोस (द फेभरेट), स्पाइक ली (ब्ल्याक क्लान्सम्यान), एडम म्याके (भाइस) र पावेल पाविल्स्की (कोल्ड वार) रहेका छन् ।

 

बेस्ट एक्ट्रेसमा एलिट्जा एप्रिकोयो (रोमा), ग्लेन कलोज (द वाइफ), ओलिभिया कोलम्यान (द फेभरेट), लेडी गागा (अ स्टार इज वर्न) र मेलिसा म्याक्यार्ती (क्यान यु एभर फरगिभ मी ?) मनोनयनमा परेका छन् ।

 

बेस्ट एक्टरको मनोनयन सूचीमा मा क्रिस्चियन बेल (भाइस), ब्रेड्ली कुपर (अ स्टार इज वर्न), विलियम डेफो (एट एटरनिटिज गेट), रामी मालेक (बोइम्यान र्यापसोडी) र भिग्गो मोर्टेन्सिन (ग्रिन बुक) रहेका छन् । 

 

बेस्ट एक्ट्रेस इन सपोर्टिङ रोलमा एमी एसम्स (भाइस), मारिना डि टाभिरा (रोमा), रेगिना किङ (इफ बिएल स्ट्रिट कुड टक), इमा स्टोन (द फेभरेट) र रसेल वइजी (द फेभरेट) मनोनयनमा परेका छन् । बेस्ट एक्टर इन अ सपोर्टिङ रोलमा महिरसाला अली (ग्रिन बुक), एडम ड्राइभर (ब्ल्याक क्लान्सम्यान), साम इलियट (अ स्टार इज बर्न), रिचार्ड ई. ग्रान्ट (क्यान यु इभर फर्गिभ मी ?)  र साम रकवेल (भाइस) मनोनयन सूचीमा छन् ।

 

बेस्ट कस्ट्युम डिजाइनमा द बलाड अफ बस्टर स्क्रुग्स (मेरी जोफिर्ज), ब्ल्याक प्यान्थर (रूथ इ. कार्टर), द फेभरेट (स्यान्डी पावेल), मेरी पोपिन्स रिटन्स (स्यान्डी पावेल) र मेरी क्विन अफ स्कट्स (एलेक्ज्यान्ड्रा ब्राइन) रहेका छन् ।  बेस्ट साउन्ड एडिटिङमा ब्ल्याक प्यान्थर, बोइम्यान रयाप्सोडी, फस्टम्यान, अ क्वाइट पेलस, रोमा, बेस्ट साउन्ड मिक्सिङ र बोइम्यान र्याप्सोडी रहेका छन् । 

 

बेस्ट लाइभ इन एक्सन सर्टमा डिटेन्मेन्ट, फउभ, मार्ग्युराइट, मदर र स्किन रहेका छन् । बेस्ट फिल्म एडिटिङमा ब्ल्याक क्लान्सम्यान (बेरी एलेक्जेन्डर ब्राउन), बोइम्यान र्यापसोडी (जोन अटोम्यान), द फेभरेट (योर्गोस माभ्रोससारिडिस), ग्रिन बुक (प्याट्रिक जे. डन भिटो) र भाइस (ह्याक कोरविन) छन् ।

 

यस्तै बेस्ट डकुमेन्ट्री फिचरमा फ्री सोलो, हेल कन्ट्री दिस मर्निङ, दिस इभिनिङ, माइन्डिङ द ग्याप्स, अफ फादर्स एन्ड सन र आरबिजी मनोनयनमा परेका छन् ।  बेस्ट डकुमेन्ट्री सर्ट सब्जेक्टमा ब्ल्याक सिप, एन्डगेम, लाइफबोट, अ नाइट एड गार्डेन र पिरियनङ एन्ड अफ सेन्टेन्स छन् ।

 

बेस्ट फरेन ल्याङ्वेज फिल्ममा कापरनउम (लेबनान), कोल्ड वार (पोल्यान्ड), नेभर लुक अवे (जर्मनी), रोमा (मेक्सिको) र सपलिफ्टर (जापान) छन् । बेस्ट प्रोडक्सन डिजाइनरमा ब्ल्याक प्यान्थर (हना बिचलेर तथा जे हार्ट), द फेभरेट (फियोना क्रोम्बी तथा एलिस फेलटन), मेरी पोपिन्स रिटन्स (जोन मयर तथा गोर्डन सिम) र रोमा (इग्युनी काबालेरो तथा बारबरा एरिक्वेज) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्