अफगानिस्तानका सीईओ उपस्थित कार्यक्रममा बन्दुकधारीको आक्रमण, ३२ जनाको मृत्यु



अफगानिस्तान : अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परि ३२ जनाको मृत्यु भएको छ भने कयौँ मानिसहरु घाइते भएका छन् ।

शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलीबारी शुरु गरेका थिए । त्यसको प्रहरीले जवाफी कारबाही गरेको थियो भने हमलाकारीहरुको पनि मृत्यु भएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला भने बच्न सफल भएका छन् ।

आतंककारी संगठन आईएसले यो हमलाको जिम्मेबारी लिएको छ । तालिबानले भने यो हमलामा आफ्नो हात नरहेको जनाएको छ । आईएसले अल्पसंख्यक शियाविरुद्ध युद्धको घोषणा गरेको छ । जुन कार्यक्रममा गोलाबारी भयो त्यहाँ अधिकांश शिया थिए ।

अफगानिस्तानमा शिया हाजरा नेता अब्दुल अली मजारीको पुण्यतिथिका अवसरमा आयोजना उक्त कार्यक्रममा अफगानिस्तानका सीईओ अब्दुल्ला अब्दुल्ला समेत थुप्रै दिग्ग्ज नेताहरु सहभागी थिए ।

मजारीको यसै दिन तालिबानले सन १९९५ मा हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्