अपडेट : बझाङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या तीन पुग्याे



काठमाडाैं : बझाङकाे मिडीबगरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ । स्थानिय देउरा स्वास्थ्यचाैकीमा उपचाररत गम्भिर घाइते कञ्चनपुर बेदकाेट नगरपालिका- ५ का प्रेम बाेहाेराकाे मृत्यु भएपछि ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे हाे । यसअघि कञ्चनपुरकै बेदकाेट ५ का ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी – ५ का ५६ वर्षिय धन बहादुर बोहराले घटनास्थलमै ज्यान गुमाएका थिए ।

 

घाइते भएका अन्य ६ जनाकाे अवस्था निकै नाजुक रहेकाेले ३ जनालार्इ बझाङमा उपचार सम्भव नभएपछि धनगढी र नेपालगञ्ज रेफर गरिएकाे छ भने ३ जनाकाे लागि काठमाडाैंबाट हेलिकप्टर चार्टर गरेर बाेलाइएकाे डिएसपी प्रवीण धितालले नेपाल टपलार्इ जानकारी दिए । काठमाडाैंबाट बझाङ तर्फ हेलिकप्टर उडिसकेकाे बताइएकाे छ ।

 

बाँकी ५ जना घाइतेकाे अवस्था सामान्य रहेकाे डिएसपी धितालले जनाए । मंगलबार बिहान बुङगलकाे एक मन्दिरमा चलिरहेकाे पूजामा सहभागी हुन कञ्चनपुर र कैलालीबाट त्यसतर्फ हिँडेका यात्रुहरु बाेकेकाे जीप बुङ्गल नगरपालिकाे मिडीबगरमा दुर्घटनाग्रस्त भएकाे थियाे ।

बझाङबाट रेफर गरिएका गम्भिर घाइतेहरु कञ्चनपुर बेदकाेट ५ का माया बाेहरा, चन्द्रसिंह बाेहरा, बुङगल ६ का अमर कुँवर, कृष्ण कुँवर र बाग्थला बस्ने धिरेन्द्र बाेहरा लगायत अर्का एक जना रहेका छन् ।


याे पनि पढ्नुहाेस्

बझाङमा जिप दुर्घटना २ को मृत्यु, १२ घाइते (फाेटाेसहित)

प्रतिक्रिया दिनुहोस्