सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री थपिए



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री थपिएका छन् । कञ्चनपुरबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य प्रकाश रावल, ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ बनेका हुन् ।

 

उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

 

राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।


याे पनि पढ्नुहाेस् 

सुदूरपश्चिम प्रदेश सरकारमा एक मन्त्री थपिँदै

प्रतिक्रिया दिनुहोस्