प्रियंका र निकले होली खेले, शेयर गरे यस्तो तस्बिर



एजेन्सी : अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले होली खेलेका छन् । भारतीय अभिनेत्रीसँग विवाह गरेका अमेरिकी नागरिक निकले पनि भारत आएर होली खेलेका हुन् ।

प्रियंकाले होली खेलेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन्, ‘पछिल्ला केही दिनदेखि हामी रङ्गकै बीचमा छौँ । वास्तवमै घरमा आएर निकसँग यो होली निकै खास भयो ।’

प्रियंकाले शेयर गरेको फोटोमा उनले कालो रङको टीशर्ट र साइक्लिङ शर्टस् लगाएकी छिन् भने पति निकले सेतो शर्टमा हल्का निलो रङको शर्टस् लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्