अब प्रियंका र आयुष्मानको चार/चार वटा थर



काठमाडौं : नेपाली चलचित्रका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको भर्खरै विवाह सम्पन्न भएको छ । विवाहपछि यी दुवैले आफ्नो नामको पछाडि चार/चार वटा थर जोडेका छन् ।

प्रियंका र आयुष्मानले बुबा/आमा र श्रीमान/श्रीमतीको थर जोडेर चारवटा थर बनाएका हुन् ।

विवाह लगत्तै प्रियंका र आयुष्मानले इन्स्टाग्राम अकाउन्टमा एक अर्काको थर जोडर लेखेका छन् ।

आयूष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयूष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयूष्मानको नाममा ‘देशराज’ उनै मावली हजुरबाबाट ट्रान्सफर भएर आएको हो ।

रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयूष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयूष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।

प्रतिक्रिया दिनुहोस्