मिर्गौला प्रत्यारोपण सफल, घर फर्किए प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मिर्गौला प्रत्यारोपणपछि शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका अस्पतालका कार्यकारी निर्देशक प्रा. डा.प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओली १० दिन अगाडि १९ फागुनमा मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना भएका थिए । उनको यही २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई उनकै भान्जी समिक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । समिक्षा अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा चिकित्सकहरुको निगरानीमा रहेका ओली १० दिनपछि आज साँझ डिस्चार्ज हुन लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

चिकित्सकहरुले उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्