१९१ ‘कार्टुन’ मदिरा बरामद



सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हरिनगर गाउँपालिका-७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ ।

भारतको विहार राज्यमा मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको हो ।

तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ मदिरा लगिरहेको छ भनी गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले ट्र्याक्टरसहित ‘दिलवाले’ नामक मदिरा बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

बरामद गरिएको ट्र्याक्टरसहितको मदिरा सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्