बिन्दाको बिभत्स हत्या



पाँचथर : तेह्रथुमको आठराई गाउँपालिका-४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ वर्षिय बिन्दा पुरीको बिभत्स हत्या भएको छ ।

उनको आफ्नै घरमा हत्या भएको थियो । धारिलो हतियारले घाँटि रेटेको अवस्थामा बिन्दाको शव फेला परेको प्रहरीको भनाई छ ।

गाउँलाई नै स्तब्ध पार्ने गरी भएको बिन्दा हत्याकाण्डमा उनको दुई जना देवरहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सक्रान्तिका इनिस्पेक्टर शेशकराम थान्दारका अनुसार बिन्दाको हत्या उनकै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेका हुन् ।

हत्याको प्रमुख कारण पैसा देखिएको इन्सपेक्टर थान्दारले बताए । बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका दाईले भाउजुलाई मात्र पैसा पठाइदिंदा आफूहरुले पैसाको चलखेल गर्न नपाएकाले बिन्दाको हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएको इन्सपेक्टर थान्दारले बताए ।

हत्यामा संलग्न सुरेन्द्र झापाको बुधबारे र बालकृष्ण तेह्रथुमकै फेदापको औंशीडाँडामा बस्दै आएका थिए । उनीहरुले दश वर्षिय छोरा र १५ महिनाकी छोरीसँग तीन सल्लेमै बस्दै आएकी बिन्दाको योजना बनाएरै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्