नेकपाको सचिवालय बैठक २७ गते



काठमाडौं : बुधबारको लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सारिएको छ।

 

स्थायी समिति बैठकका लागि पेश गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो।

 

बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिका विषयमा पनि आगामी सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

 

प्रदेश कमिटी गठनको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने सचिवालयका कार्यसूची रहेका छ्न्। 

 

बैठकले काठमाडाैं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य रामवीर मानन्धर ले दिएको राजीनामा पनि स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्