ओमान दूतावासद्वारा अनिश्चितकालका लागि कामदार मागपत्र प्रमाणीकरण काम स्थगन



काठमाडौं : ओमानमा रहेको नेपाली राजदूतावासले कामदार मागपत्र प्रमाणीकरण काम अनिश्चितकालका लागि स्थगन गरेको छ ।

हिजो (आइतबार) दूतावासले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कामदार मागपत्र प्रमाणीकरणसम्बन्धी सम्पूर्ण कार्यहरु स्थगन गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकारल नोभल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले श्रम स्विकृति स्थगन गर्ने निर्णयपछि दूतावासले पनि मागपत्र प्रमाणीकरणको काम स्थगन गर्ने निर्णय गरेको हो ।’ दूतावासद्वारा सूचनामा उल्लेख छ ।

साथै दूतावासले यहाँ कोरोनाको कारण आत्तिनु पर्ने अवस्था नरहेको बताएको छ ।

दूतावासले हिजै अर्को सूचना जारी भनेको छ–‘यहाँ अहिलेको अवस्थामा कोरोनाको कारण आत्तिहाल्ने अवस्था छैन । ओमानमा रहेका नेपालीहरुमा आफ्नो स्वास्थ्यप्रति भने सचेत र सहज हुन अनुरोध छ ।’

कोरोनाकै कारण केही दिनअघि नेपाली दूतावास कतार, बहराइन र साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम स्थगन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्