कतारले रोक्यो अन्तर्राष्ट्रिय उडान



काठमाडौं : कतार सरकारले अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । कतारले आगामी बुधबारदेखि दुई साताका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कतार ट्रान्जिट भएर हुने अन्तर्राष्ट्रिय उडानलाई भने नरोकिने भएको छ ।

आइतबार कतारका आमिर शेख तामिम बिन हमद अल थानी र संकट व्यवस्थानका लागि बनेको समितिबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नपाओस् भनेर कतारले यस्तो निर्णय गरेको अलजजिराले जनाएको छ ।

त्यस्तै कतार बाहिरबाट कतार भित्रने नागरिकलाई भने दुई साता क्वारेन्टाइनमा राखिने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्