काँग्रेस बैठक स्थगित



मोरङ : कोरोनाको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली कांग्रेस मोरङले माग गरेको छ ।

रोगसँगै फैलिएको त्रासले बजारमा अनाधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् । यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ संगठनमार्फत सचेतना एवं जागरण अभियान संचालन गर्ने योजना बनाएको बताए ।

उनले भने, ‘‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो संख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्