पनौतीमा प्रहरी र प्रदर्शकारीबीच झडप : प्रहरीले चलाएको गोली लाग्दा दुई घाइते



काठमाडौं : आज टिपरको ठक्करबाट पनौतीमा आमा र छोरीको मृत्यु भएको छ ।

आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्क अवरोध गर्नुका साथै सोही विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा २ जना प्रदर्शनकारीलाई प्रहरीको गोली लागेको छ ।

स्थानियका अनुसार बेलुका ८ बजेसम्म पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।

उनीहरुले क्षतिपूर्तिसहित टिपर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका छन् । स्थानीयको अवरोधमा सवारी साधन चल्न सकेका छैनन् । टिपरका चालक रोशी गाउँपालिका ६ का नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखे पनि स्थिती शन्त नभई उग्र भएको छ ।

मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं.१ की जुनी मायाँ गोले र उनकी छोरी स्मारीका गोले हुन् । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्