‘बी’ डिभिजन लिग : ब्वाईज युनियन र आरसीटीले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

Image may contain: 3 people, people playing sports and outdoor

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा ब्वाईज र आरसीटीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

Image may contain: 3 people, people playing sports and outdoor

ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे भने आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले एक एक गोल गरे ।

बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।

Image may contain: 3 people, people playing sports and outdoor
प्रतिक्रिया दिनुहोस्