२ थान पेस्तोलसहित एक जना पक्राउ



रौतहट : अबैध हतियार पेस्तोल र घरेलु पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लास्थित फतुवा बेस क्याम्प सशस्त्र प्रहरीको टोलिले चेकजाचको क्रममा उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट जिल्ला यमुनामाई गाउपालिका वडा नं.३ राजपुर तुलसी बस्ने ४९ वर्षिय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नं.कार्यालयका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

उनको साथबाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल २ थान, कटुवा पेस्तोल १ थान, मोबाईल २ थान, घडी १ थान लगायतका समान बरामद भएको छ । अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नं.को मोटरसाइकलसमेत बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्