प्रभावकारी ट्राफिक बन्यो उज्यालो अभियान, १ लाख ३० हजारलाई सचेतना कक्षा



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय–प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुल–कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत १ लाख २९हजार ५१३ जनालाई सचेतना प्रदान गरेको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने –“सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर–घरमा, स्कुल कलेजमा, खेल मैदान आदिमा गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ ।”

उनले भने, ‘यस ३ महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५१३ जनालाई प्रशिक्षित तुल्याएको छ जुनकि अभियानले १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको थियो ।’

प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक १९ हजार ५६९ जना, नीजि सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७,पैदलयात्रीरसर्वसाधरण६२ हजार ८०१ जना, संघसंस्था १ हजार ८१७ जना र विद्यार्थी १५ हजार ७८१ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित तुल्याएको छ ।

ठाउँको ठाउँ कक्षा
यस अभियानमार्फत दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा दिएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउनुका साथैलक्षित वर्गको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका उनले बताए ।

सडकमै कक्षा
अन्तर्गत पैदलयात्री सुरक्षा अभियान मार्फत रहेर १९ हजार ९९८जना जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको छ । महाशाखाले पैदल यात्रीलाई आकाशेपुल र जेब्राक्रसिङको प्रयोग गर्न उपत्यकाको ३ स्थानमा नियमित रूपमा घोडा समेत परिचालन गर्ने गरेको छ ।

ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोली
ट्राफिक उज्यालो अभियान अन्तर्गत रहेर गीतसंगितको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मा.प.से गरी सवारी नहाक्न, तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरी ट्राफिक नियमको पालना र प्रवृत्तिको विकासको लागि उपत्यकाको मुख्य–मुख्य चोकमा सारङ्गी टोली परिचालन गरी ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाईयो
उपत्यकाको व्यस्त ४७ वटा चोकहरूमा ट्राफिक पालोमा बसेका चालकहरू तथा जेब्राक्रसिङ्गलाई लक्षित गरि ट्राफिक नियम लेखिएको व्यानर देखाउने काम समेत गरिएको छ ।

यस्तैगरी दैनिक रूपमा मापसे गरी सवारी चलाउने ९ हजार ५६९, लेन अनुशासन पालना नगर्ने चालकहरू ८ हजार २६९ र सवारी दुर्घटना गर्ने १०० जना गरी जम्मा १७ हजार ९३८ लाई पनि दैनिक रूपमा महाशाखाले सचेतना कक्षा समेत दिएको छ ।

थप उत्साहका साथ निरन्तरता
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउन, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्न, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउन, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो अभियान सफल भएको छ ।

यही थप उत्साहित हुदै फेरि पनि चैत्र १ गतेदेखि विशिष्टीकृत रूपमा यस अभियानलाई निरन्तरता दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस ३ महिने विशेष ट्राफिक उज्यालो अभियान यही पुस १ गते विशेष कार्यक्रम गरी शूरूभएको थियो ।

प्रतिक्रिया दिनुहोस्