सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु



बेइजिङ : चीनमा गत महिना सरुवा रोगका कारण दुई हजार ८ सय ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत डिसेम्बरमा उनीहरुको मृत्यु भएको हो । 

सोही अवधिमा सात लाख १२ हजार ५ सय ८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ । 

बिरामी भएका मध्ये दुई लाख ८९ हजार ६ सय १३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटिस, क्षयरोग, सिफलिस, गोनोरियालगायतले सताएको थियो । 

डिसेम्बरमा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुखसम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।

प्रतिक्रिया दिनुहोस्