उषा र गम्भीर अभिनित ‘फूल दिन्छौँ भन्थ्यौँ’ सार्वजनिक



काठमाडौं : गायक विश्व नेपालीको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘फूल दिन्छौँ भन्थ्यौँ’ सार्वजनिक भएको छ । गीतको भिडियोमा ‘सक्किगोनी’मा क्रकोजकी गर्लफ्रेण्डको रुपमा चर्चित उषा उप्रेती र चर्चित कोरियोग्राफर गम्भीर विष्टको अभिनित रहेको छ ।

भिडियोमा वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । गीतमा बालकुमारी घिमिरेको शब्द तथा डैनी निरौलाको संगीत रहेको छ । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन र गम्भिर विष्टको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्