‘बोबी’ अभिनेत्री कविताको ‘विस फर अ डे विथ डल्लु’ शो आउँदै



काठमाडौं : चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको नयाँ र फरक किसिमको टेलिभिजन शो आउँने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै त्यस शो को ट्रेलर सार्वजनिक गरिएको छ । ‘विस फर अ डे विथ डल्लु’ नाम राखिएको शो चैत तेस्रो साताबाट प्रसारणमा आउँदै छ ।

शो १५ दिनमा एउटा एपिसोड प्रसारण हुँनेछ र हरेक एपिसोडमा फरक फरक पात्रहरु हुनेछन् । कविताको यस शो आफ्नै यूट्युब च्यानल डल्लु इन्टरटेन्मेन्टबाट प्रसारण गर्ने तयारीमा छन् । यस कार्यक्रममा १० जना विभिन्न पात्रहरुलाई समेटेरे संघर्षका कथालाई देखाइने छ ।

प्रतिक्रिया दिनुहोस्