नेपालका कसैमा छैन कोरोना, ५११ को टेस्ट ‘नेगेटीभ’



काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) नेपालमा सन्त्रास फैलिरहेको भएपछि हालसम्म कोरोनाको आशंकामा ५१२ जनामा गरिएको नमुना परीक्षणमा ५११ जनाको नेगेटीभ आएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म १ जनामा मात्रै कोरोनाभाइरस संक्रमण भेटिएको थियो भने उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । जो चीनबाट फर्किएका छन् ।

आजसम्म २ लाखबढी संक्रमित भइसकेका छन् भने ८ हजार बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्