चलचित्र ‘क्याप्टेन’की अभिनेत्री प्रियंका एमभी गरिन् प्रेमीसँग इन्गेजमेन्ट



काठमाडौं : अभिनेत्री प्रियंका एमभीले इन्जिनियर सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् ।

शुक्रवार प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।

प्रियंकाले गत वर्ष प्रर्दशनमा आएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन ।

अनमोल र प्रियंका एउटै कलेजमा पढेका हुन् । अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन् तर ‘क्याप्टेन’ पछि भने उनले कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्