बिरामी यात्रुलाई सडकमै झरेपछि…



कञ्चनपुर : गन्तव्यमा पुग्न नपाइ यात्रुलाई बीच बाटोमा झर्न बाध्य पारिएको छ । भारतको हरिद्वारबाट आएका सर्खेतका प्रकाश थापालाई गम्भीर रोग लागेको भन्दैबीच बाटोमा झर्न लाइएको हो ।

महेन्द्रनगरबाट म १ प ९०९ नम्बरको बसमा बसेका थापालाई कुनै खतरनाक रोग लागेको हुन सक्ने भन्दै बसबाट झर्न लगाइएको स्थानीयले बताएका छन् ।

उनललाई बसबाट झर्न लगाएपछि उनी सडकमै पल्टिएका थिए । उनलाई झलारीबाट प्रहरीले उद्धार गरि महेन्द्रनगरको महाकाली अस्पतालमा पुर्याएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्