२ लाख घुससहित वन अधिकृत पक्राउ



काडमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई २ लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।

२ लाख ३ हजार ५ सय घुससहित डिभिजन वन कार्यालय दोलखाका कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

काठ व्यापारीसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचनाको आधारमा आयोग टंगालको टोलीले भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्