शहिदनगरका सबै शैक्षिक संस्था बन्द



जनकपुरधाम : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनानुसार धनुषाको शहिदनगर नगरपालिकाले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको हो ।

सोहि अनुरुप शहिदनगर नगरपालिकाले आफ्ना नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गरेको नगर शिक्षा अधिकृत धिरेन्द्र लाल कर्णले जानकारी दिएका छन् ।

शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेपनि अन्तिम समयमा आएर हिजो (बुधबार) देशभरिका विद्यालयहरु बन्द गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्