पार्किङ गरि राखिएको बसमा आगजनी



दाङ : जिल्लाको तुलसीपुरमा पार्किङ गरि राखिएको एक बसमा आगजनी भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ का सुमन कार्कीको ना ४ ख ७१८८ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

बस ३ महिना अघिदेखि पार्किङ गरेर राखिएको थियो । राखिएकै ठाउँमा आगो लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्