आधा दर्जन गाईको हत्या



डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ मा ग्याविन तारले पासोमा झुण्ड्याएर आधा दर्जन गाई मारिएको शव र कंकाल भेटिएको छ ।

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा ति गाईको शव भेटिएको हो । देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ । ५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुई वटा खाली पासो भेटिएका छन् ।

गाईहरू २ वर्षभित्रका रहेको पशुसेवा प्राविधिकहरुले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्